१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सर्लाहीमा सडक स्तरोन्‍नती र नाका खुलाउन माग गर्दै प्रदर्शन

ओमप्रकाश ठाकुर

सर्लाही — जीर्ण रहेको हुलाकी सडक स्तरोन्नती र नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै सर्वपक्षीय संघर्ष समितिले जिल्ला बन्दसहित सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।

सर्लाहीमा सडक स्तरोन्‍नती र नाका खुलाउन माग गर्दै प्रदर्शन

जिल्लामा बनाइएका सर्वदलीय संघर्ष समितिले मंसिर २१ गतेदेखि नै हुलाकी सडकको स्तरोन्नती र मुख्य नाका खोल्नुपर्ने माग राख्दै रिले धर्ना गर्दै आएको छ । लगातार १० दिन धर्ना दिँदा पनि सुनुवाइ नभएकाले बुधबार जिल्ला बन्द गराइएको संघर्ष समितिका संयोजक रहेका जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीले बताए । उनकै अगुवाईमा सदरमुकाम मलंगवामा प्रदर्शन भएको हो ।

सहिद चोकबाट सुरु भएको प्रदर्शन मलंगवा नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा संघीय सांसद, प्रदेश सांसद र पालिका प्रमुखहरुसमेत सहभागी थिए । उनीहरुले जीर्ण हुलाकी सडक तत्काल बनाउ र भारतसँगको मुख्य नाकामा पनि सहजताको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरे ।

जिल्ला बन्द भएपछि नागरिक मारमा परे । बन्दका कारण दक्षिणी क्षेत्रका बजार, पसल खुलेनन् भने भने सार्वजनिक यातायातका साधन पनि चल्न सकेन । बन्दकर्ताहरुले विद्यालय पनि सञ्चालनमा आउन दिएन । सञ्चालनमा आएका विद्यालयमा पनि बन्दकर्ताहरुले बन्द गर्न लागएपछि विद्यार्थीहरु घर फर्केका थिए । तर उत्तरी क्षेत्रमा भने बन्दको कुनै प्रभाव परेन । यस क्षेत्रमा बजार, पसल र यातायातका साधन निर्वाधरुपमा सञ्चालनमा रहे । संघर्ष समितिकै आयोजनामा मंगलबार सदरमुकाम मलंगवा बन्द गराइएको थियो ।

वर्षौंदेखि जिर्ण बनेको हुलकी सडक सुधार नहुँदा स्थानीय हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य छन् । जिल्लाको पूर्व संग्रमपुरदेखि पश्चिम बलरासम्म कुल ४० दशमलव २३ किलोमिटर रहेको सडक कालोपत्रे हुन सकेको छैन । ०७३ सालमा पाँच वर्षभित्र कालोपत्र गर्न ठेक्का लगाइए पनि काम सुरु हुन सकेको छैन ।

प्रकाशित : पुस १, २०७७ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?