कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणका एक अभियुक्त पक्राउ

ज्योति कटुवाल

दैलेख — द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई मगंलबार प्रहरीले प्रक्राउ गरेको छ । थापाको हत्यामा सलंग्न भएका भनिएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो ।

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणका एक अभियुक्त पक्राउ

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते थापाको हत्यामा संलग्न भएको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो । यसअघि पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरेका र बन्दीप्रत्यक्षीकरण परेका कारण अदालतको फैसला ढिला आएपछि उनी फरार रहेका थिए ।

फरार रहेका उनलाई आफ्नै घरबाट प्रहरीले प्रकाउ गरेको हो । अब पुनले ४ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले प्रहरीले पक्राउ गरेको डीएसपी अनुपम श्रेष्ठले बताए । २०६१ साउन २७ गते नौमुलेको द्वारीमा तत्कालीन माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर सास छदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए ।

डेकेन्द्रका घरपरिवार भने प्रहरीले मुख्य अभियुक्तलाई प्रहरी प्रशासनले प्रकाउन गर्न नसकेको बताउछन । डेकेन्द्रका कान्छा भाइ यज्ञराज थापा भने प्रहरीले चाहे जति बेला पनि प्रकाउ गर्न सक्ने बताउछन । उनले भने, ‘पटक–पटक प्रहरी प्रशासनलाइ हत्याराको घरसमेत देखाउँदा माथिको आदेश छैन भन्दै आलटाल गर्‍यो । के साँच्चिकै डेकेन्द्रप्रतिको न्याय मरेको हो त ।’

प्रकाशित : पुस १, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?