२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गोरखामा बस दुर्घटना : २२ जना घाइते

हरिराम उप्रेती

गोरखा — गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

गोरखामा बस दुर्घटना : २२ जना घाइते

काठमाडौंबाट आरुघाटका लागी छुटेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको ढकालले बताए । अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित : पुस १, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?