१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

५ बजे बोलाइएको संवैधानिक परिषद् बैठकमा देउवा नजाने

जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । मंगलबार नै बिहान बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगीत भएको थियो । 

५ बजे बोलाइएको संवैधानिक परिषद् बैठकमा देउवा नजाने

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको छ । बिहानको बैठकमा भाग लिन पुगेका भए पनि अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा देउवा उपस्थित नहुने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

सोमबारमात्रै सरकारविरुद्ध देशव्यापी प्रदर्शन गरेको कांग्रेसका सभापतिलाई उनकै दलका नेताहरुले परिषद् बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । उपसभापति विमलेन्द्र निधी तथा नेताहरु गगन थापा, रमेश लेखक लगायतले उनलाई मंगलबार बिहानकै बैठकमा नजान आग्रह गरेका थिए ।

प्रकाशित : मंसिर ३०, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?