१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ओली नेतृत्वको सरकार सम्पूर्ण मोर्चामा असफल : नेता सिंह

श्यामसुन्दर शशि

जनकपुर — कांग्रेस नेता प्रकाशमान सिंहले ओली नेतृत्वको संरकार सम्पूर्ण मोर्चामा असफल भएको बताएका छन् ।

ओली नेतृत्वको सरकार सम्पूर्ण मोर्चामा असफल : नेता सिंह

प्रेस युनियन धनुषाले मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘ओली नेतृत्वको सरकार कोरोना व्यवस्थापन, विधिको शासन स्थापना, विदेश नीति तथा आर्थिक संवृद्धिलगायतका सम्पूर्ण मोर्चामा असफल भएको छ । यस सरकारले सत्तामा बसिरहने नैतिक अधिकार गुमाएको छ ।’

सरकारले लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरी मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै उनले संघीयता संस्थागत गर्नुपर्नेमा प्रधानमन्त्री स्वयंले प्रदेश सरकार संघको प्रशासनिक एकाइ भएको अभिव्यक्ति दिने गरेको बताए । मुलुकमा भ्रष्टाचार बढेको, जिउज्यानको सुरक्षा नभएको तथा व्यक्तिगत स्वतन्त्रतामाथि पनि आक्रमण भएको नेता सिंहको आरोप छ । ‘लामो समयदेखि संसद् बन्द छ । जनताको आक्रोश पोख्ने ठाउँ संसद् बन्द भएपछि हामी सडकमा उत्रेका हौं । अबको आन्दोलन आर कि पारको हुन्छ,’ उनले भने ।

नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा आयोजना गरेको विरोध र्‍यालीको मुख्य वक्ताका रूपमा नेता प्रकाशमान सिंह जनकपुर आएका हुन् ।

प्रकाशित : मंसिर ३०, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?