कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा नजाने

काठमाडौँ — प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले बोलाएको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन् ।

संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा नजाने

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नहुने भएका हुन् ।

'परिषद्को बैठकका लागि आवश्यक समन्वयको अभाव भयो । पूर्वतयारी पुगेन र गृहकार्य पनि गरिएन भनेर सभामुख नजानुहुने भएको छ,' सभामुखको सचिवालय स्रोतले भन्यो । संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनीनिकटका व्यक्तिहरूले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए ।

प्रकाशित : मंसिर ३०, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?