कम्युनिस्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो : कांग्रेस प्रवक्ता - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्युनिस्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो : कांग्रेस प्रवक्ता 

इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका बताए । 

उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए । 'प्रश्‍न पुलको मात्रै हैन । कांग्रेस सरकारको बेला पनि कम्यनिष्ट नेताहरुले पुलको उद्घाटन गरेका थिए,' प्रवक्ता शर्माले भने,'नगरपालिकामा कांग्रेसले जितेको हो । विषय पुल र उद्घाटन हैन, कांग्रेसले बोलाएर रामचन्द्र पौडेल जानु भयो ।'

प्रवक्ता शर्माले सत्तारुढ पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कम नआँक्न चेतावनी दिए । 'कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो,' प्रवक्ता शर्माले भने,'माओवादीले रोल्पा र मकवानपुरमा प्रहरी चौकीमा आक्रमण गरेको जस्तो हैन,कांग्रेस सिधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गरेको पार्टी हो । '

प्रवक्ता शर्माले कांग्रेस कम्युनिष्ट पार्टीहरुले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी नभएर आकाशमा उड्ने प्लेनलाई अपहरण गरेको पार्टी भएकाले कम नआँक्न चेतावनी दिए ।

प्रकाशित : मंसिर २९, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा लोभीपापीहरुको एउटा मञ्‍च मात्रै हो, पार्टी होइन : गगन थापा

इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्‍च भएको बताएका हुन् ।

'नेपाल कम्युनिष्ट पार्टी पार्टी नै होइन, यो एउटा लोभीपापीहरुको मञ्‍च मात्रै हो,' थापाले भने । 'कुनै बेला हात पनि मिलाउन नमान्नेहरु पुष्पकमल दाहाल र केपी शर्मा ओलीले एउटा व्यवसायीको घरमा बसेर हात मात्रै होइन मनमुटु पनि मिल्यो भनेर गीत गाए,' थापाले भने ।

नेता थापाले पुष्पकमल दाहाल चुनाव हार्ने डर र केपी शर्मा ओलीलाई सिंहदरबारमा बस्ने लोभले एकैठाउँ ल्याएको पनि बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ ।

प्रकाशित : मंसिर २९, २०७७ १४:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×