नेकपा लोभीपापीहरुको एउटा मञ्‍च मात्रै हो, पार्टी होइन : गगन थापा

मंसिर २९, २०७७

इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्‍च भएको बताएका हुन् ।

'नेपाल कम्युनिष्ट पार्टी पार्टी नै होइन, यो एउटा लोभीपापीहरुको मञ्‍च मात्रै हो,' थापाले भने । 'कुनै बेला हात पनि मिलाउन नमान्नेहरु पुष्पकमल दाहाल र केपी शर्मा ओलीले एउटा व्यवसायीको घरमा बसेर हात मात्रै होइन मनमुटु पनि मिल्यो भनेर गीत गाए,' थापाले भने ।

नेता थापाले पुष्पकमल दाहाल चुनाव हार्ने डर र केपी शर्मा ओलीलाई सिंहदरबारमा बस्ने लोभले एकैठाउँ ल्याएको पनि बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले  सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ ।

इकान्तिपुर

Link copied successfully