कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, कसले कहाँ सम्बोधन गर्दैछन् ?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले  सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ ।

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, कसले कहाँ सम्बोधन गर्दैछन् ?

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

सरकारविरुद्धको देशव्यापी प्रदर्शनका क्रममा कांग्रेसले काठमाडौंमा निकालेको र्‍याली तस्बिर : इलिट जोशी/कान्तिपुर

कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् ।

सरकारविरुद्धको देशव्यापी प्रदर्शनका क्रममा कांग्रेसले काठमाडौंमा निकालेको र्‍याली तस्बिर : इलिट जोशी/कान्तिपुर

सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिवाटिकामा सम्बोधन गर्दैछन् ।

सरकारविरुद्धको देशव्यापी प्रदर्शनका क्रममा कांग्रेसले गोरखामा निकालेको र्‍याली

उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दैछन् ।

उदयपुरको गाईदघाटमा सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन तस्बिर : डिल्लीराम खतिवडा/कान्तिपुर

अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् ।

रुपन्देहीको भैरहवामा सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन तस्बिर : माधव ढुंगाना/कान्तिपुर

यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी बागलुङ, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर २९, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?