कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सप्तरीमा माछा मार्ने विवादमा झडप, एक जनाको मृत्यु

अवधेश झा

राजविराज — माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा सप्तरीमा आइतबार राति एक महिलाको मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको हो ।  

झडपमा चार जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा राति १० बजे झडप भएको हो । दुवै पक्ष बन्चरो, भाटालगायत सामग्री बोकेर झडपमा उत्रिएको डीएसपी साहले बताए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रकाशित : मंसिर २९, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?