१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अख्तियारका पूर्वप्रमुख बस्न्यात विशेष अदालतमा उपस्थित

कृष्ण ज्ञवाली

काठमाडौँ — सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात आइतबार विशेष अदालतमा उपस्थित भएका छन् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात विशेष अदालतमा उपस्थित

उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए ।

बयान सकिएपछि विशेष अदालतले बस्न्यातलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा अहिले बयान चलिरहेको हो ।

यी पनि पढ्नुहाेस् :

– अख्तियारमा बस्न्यातको बयान के थियो ?

– मुद्दा दर्ता गर्ने निर्णय

के हो ललिता निवास ?

– कसलाई कति बिगो ?

प्रकाशित : मंसिर २८, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?