कलंकीमा मालवाहक ट्रक दुर्घटना, १ को मृत्यु, ७ जना घाइते [अपडेट]- समाचार - कान्तिपुर समाचार

कलंकीमा मालवाहक ट्रक दुर्घटना, १ को मृत्यु, ७ जना घाइते [अपडेट]

इकान्तिपुर डेस्क

काठमाडौँ — काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियार रहेको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

दुर्घटनामा सप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका सुजन मानन्धर, बानेश्‍वरका विशाल श्रेष्ठ र कास्कीका सन्ध्या थिङ घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार ट्रकको ठक्करबाट बा २ ज २०४७ नंको ट्याक्सी, बा ४ च २२१ पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको बस, बा ५१ प ४९५१ नंबरको मोटरसाइकल, प्रदेश ३ -०२००६ प १३४१ को मोटरसाइकल र बा ४७ प २४१५ नंको स्कुटरमा क्षति पुगेको छ ।

घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

...........................

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालवाहक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा ओखलढुंगा घर भई कलंकी बस्दै आएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

थप विवरण आउन बाँकी ।

प्रकाशित : मंसिर २६, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

कैलाश हेलिकप्टरलाई कोरोनाका बिरामी उद्धार अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — कैलाश हेलिकप्टर सर्भिसेस प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कोरोनाका बिरामी उद्धार उडानका लागि अनुमति पाएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उद्धार उडानका लागि अनुमति पाएको छ ।

कैलाश हेलिकप्टरले देशभर कोभिड–१९ का बिरामीलाई उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको आवश्यक सुरक्षाका मापदण्ड पालना गरी उद्धार उडान गर्ने अनुमति पाएको हो ।

यसका लागि अस्पतालहरुको विज्ञ टोली, कोभिड बिरामीलाई बोक्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त कम्पनीद्वारा निर्मित पेसेन्ट आइसोलेसन युनिट र सुरक्षा मापदण्ड पालना गर्दै उद्धार उडानको तयारी गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डेले जानकारी दिए ।

प्रकाशित : मंसिर २६, २०७७ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×