कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेकपामा फुट निम्त्याउन खोज्‍नेहरु आगोमा हात हाल्न खोज्दैछन् : मन्त्री ढुंगेल

टीकाप्रसाद भट्ट

रामेछाप — नेकपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले नेकपामा देखिएको विवाद केही समयका लागि भएको बताएका छन् । ‘बढी सक्रिय र ठूलो पार्टीमा यस प्रकारका विवादलाई सामान्य मान्नुपर्छ ’ मन्त्री ढुङ्गेलले भने– ‘तर यो स्थायी हैन, हुनु हुँदैन । 

नेकपामा फुट निम्त्याउन खोज्‍नेहरु आगोमा हात हाल्न खोज्दैछन् : मन्त्री ढुंगेल

अहिलेको व्यवस्थालाई संस्थागत गरी नागरिकको अधिकार सुनिश्चित गर्न नेकपा मात्र हैन कांग्रेस लगायत कुनै पार्टी फुट्न नहुने मन्त्री ढुङ्गेलले बताए । ‘नेकपामा फुट निम्त्याउन खोज्नेहरु आगोमा हात हाल्न खोज्दैछन्’, ढुङ्गेलले भने– ‘जस्ले आगोमा हात हाल्छ उही सकिन्छ ।’

रामेछापको मन्थली नगरपालिका १३ फुलासीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विपद् उत्थानशील विद्यालय परियोजनामार्फत निर्माण भएको मावि हर्रेचिण्डेको भवन हस्तान्तरण कार्यक्रममा शुक्रबार बोल्दै ढुङ्गेलले शिक्षालयहरुले गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए । उनले उच्च शिक्षाको अवसर गाउँमा र ठूला पूर्वाधार भएपछि अब गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा संविधान सभा सदस्य तारानारायण श्रेष्ठ र प्रदेश सांसद शान्तिप्रसाद पौडेल र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुख निर्मल घिमिरेले शिक्षालाई गुणस्तरीय वनाउनुपर्ने धारणा राखेका थिए ।

एशिलायाली विकास बैंकको सहयोगमा उक्त माविका २ वटा भवन निर्माणका लागि करिब ७ करोड खर्च लागेको थियो । निर्माण कार्यमा संलग्न खानी निर्माण सेवाका प्रतिनिधि रामबाबु घिमिरेले शुक्रबार नै विद्यालयको साँचो हस्तान्तरण गरेका छन् । उक्त विद्यालयमा करिब ३ सय बालबालिका अध्ययनरत छन् ।

प्रकाशित : मंसिर २६, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?