कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चुनावमा प्रतिबद्धता जनाएका परियोजनाहरु सुरु गर्न सकिनँ : मेयर शाक्य

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गरेका छन् । 

चुनावमा प्रतिबद्धता जनाएका परियोजनाहरु सुरु गर्न सकिनँ : मेयर शाक्य

मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना सुरु गर्न समेत नसकिएको बताए । मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको हरि भवन पुनःनिर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण सुरु गर्न नसकिएको बताए । तरपनि अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको बताए । महानगरबासीलाई एउटै भवनबाट सेवा दिने प्रतिबद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको उनको भनाइ छ ।

उनले उपत्यकाको चक्रपथमा मोनोरेल निर्माण गर्ने प्रतिबद्धता जनाएपनि प्राविधिक कारणले निर्माण कार्य गर्न नसकिएको जनाए । चक्रपथमा सडक विस्तारको कार्य सम्पन्न नभएकाले महानगरपालिकाले ल्याएको मोनोरेल निर्माण गर्ने कार्यको सुरुवात गर्न नसकिएको बताए ।

'तीनकुनेमा बनाउने भनिएको बुद्ध पार्क मुआब्जा विवादका कारण बनाउन सकिएन,' उनले भने,' बुद्ध पार्कको डिजाइन तयार भइसकेको अवस्थामा पनि मुआब्जा विवाद भएपछि काम गर्न सकिएन ।'

यस्तै, काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ । काठमाडौंको भृकुटी मण्डपमा बनाउने भनिएपनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको बताए । महानगरभित्रको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा पार्किङ स्थल निर्माण गर्ने भनिएपनि काम गर्न नसकिएको बताए ।

काम गर्न खोज्दा खोज्दैपनि विरोध गर्ने प्रवृत्तिले गर्दा आयोजनाहरुलाई अगाडि बढाउन समस्या हुने गरेको मेयर शाक्यको भनाइ छ । कुनैपनि कामको विरोध गर्ने प्रवृत्तिलाई धर्मको रुपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको बताए ।

प्रकाशित : मंसिर २६, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?