१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना संक्रमणबाट २४ घण्टामा १४ को मृत्यु 

काठमाडौँ — २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी १४ जनाको मृत्यु भएको हो । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

कोरोना संक्रमणबाट २४ घण्टामा १४ को मृत्यु 

यस्तै २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको २ लाख ३० हजार ५३७ पुगेको छ ।

कोरोना संक्रमित भने १ हजार ५६ जना थपिएका छन् । संक्रमित हुनेमा ३८६ जना महिला र ६७० जना पुरुष रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १२ हजार २४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२५ जना रहेका छन् ।

प्रकाशित : मंसिर २४, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?