अरुण तेस्रोको काम मंगलबार पनि ठप्प

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम मजदुरले मंगलबार पनि ठप्प पारेका छन् ।

अरुण तेस्रोको काम मंगलबार पनि ठप्प

अरुण तेस्रोका ड्यामसाइटका मजदुरले सोमबारबाट निर्माणको काम ठप्प पारेका हुन् । ज्याला नबढाएको र जिल्ला दररेट अनुसार पारिश्रमिक नपाएको भन्दै करिब २ हजार भारतीय र नेपाली कामदार आन्दोलित भएका हुन् ।

ज्याला बढाउन माग गर्दै उनीहरुले मंगलबार पनि बिहानैदेखि काम ठप्प पारेको कामदार अप्सन राईले बताए ।

आन्दोलनका कारण ड्यामसाइट मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा काम पूर्णरुपमा प्रभावित भएको छ । कामदारले निर्माण स्थलमा नाराजुलुस समेत गरेका छन् । अरुण तेस्रो सुरुङ मार्ग निर्माणलगायतका ड्याम साइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ ।

लामो समयदेखि मजदुरहरुको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरुलाई काम नदिएको र स्थानीयलाई काममा प्राथमिकता नदिएको उनीहरुको आरोप छ ।

निर्माण कम्पनीले दैनिक ज्यालाका बारेमा चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै कामदारले काम रोकेका हुन् । आन्दोलनमा भारत र संखुवासभा जिल्ला बाहिरबाट आएका कामदार पनि सहभागी छन् ।

प्रकाशित : मंसिर २३, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?