दरबारमार्ग सामूहिक बलात्कारको घटनामा जिल्लाकै फैसला सदर

काठमाडौँ — उच्च अदालत पाटनले दुई वर्षअघि राजधानीको दरवारमार्गमा भएको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाण्डौको फैसला सदर गरेको छ । 

दरबारमार्ग सामूहिक बलात्कारको घटनामा जिल्लाकै फैसला सदर

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो ।

जिल्ला अदालतले मुख्य आरोपित शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय सुनाएको थियो । अनि पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला पनि गरेको हो ।

दुई आरोपितहरु दिपक श्रेष्ठ र विकास गौतमलाई १४ महिनाका दरले कैद सजाय तोकिएको थियो ।

प्रकाशित : मंसिर २२, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?