पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा दरखास्त आह्वान

विनोद भण्डारी

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रार नियुक्तिका लागि आइतबार दरखास्त आह्वान गरिएको छ । हालकी रजिस्ट्रार प्रमिला थापाको चारवर्षे कार्यकाल मंसिरदेखि सकिँदै छ ।

पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा दरखास्त आह्वान

दरखास्तमा कुनै पनि विश्वविद्यालयको शैक्षिक, आर्थिक एवं प्रशासनिक कार्यमा विशिष्टता प्राप्त गरेका व्यक्तिले आफ्नो वैयक्तिक विवरण र चारवर्षे कार्य रणनीति पेस गर्न आह्वान गरिएको छ ।

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । विश्वविद्यालयको ऐन २०५० को दफा २६ बमोजिम रजिस्ट्रार नियुक्तिका लागि उपकुलपतिले कुलपतिलाई सिफारिस गर्नुपर्ने हुन्छ । तर, रजिस्ट्रार थापाले चार वर्षअघि तत्कालीन उपकुलपति घनश्यामलाल दासको सिफारिसबिनै राजनीतिक भागबन्डाअनुसार सुटुक्क नियुक्ति पाएकी थिइन् ।

सार्वजनिक सूचना जारी गरेर नेताहरूका आफन्त र कार्यकर्तालाई टीका लगाउने परम्पराको अन्त्य गर्ने प्रयत्न गरिएको उपकुलपति प्रा.डा. यादवराज कोइराला बताउँछन् । ‘विगतमा जोकोहीलाई टीका लगाउने प्रवृत्ति थियो,’ उनले भने, ‘यसपालि त्यो प्रवृत्तिको अन्त्य गर्न सिफारिस गरिने नाम सार्वजनिक सूचनाबाटै संकलन गर्न लागिएको हो ।’ उनका अनुसार दरखास्त दिनेमध्ये उत्कृष्ट ३ जनाको नाम रजिस्ट्रार पदपूर्तिका लागि कुलपतिसमक्ष सिफारिस गरिनेछ ।

प्रकाशित : मंसिर २१, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?