१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डोटी जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

मोहन शाही

डोटी — डोटीको बोगटान फुड्सिल गाउँपालिका –७ चवराचौतारमा आइतबार बिहान भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । ४ जना घाइते छन् ।

डोटी जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

डोटीको दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको जिप दुर्घटनामा परि मृत्यु हुनेमा फुडसिल गाउँपालिका–७ चवराचौताराका सचिव (नायब सुब्बा) २८ वर्षीया मञ्जु त्रिपाठी र उनकी सासु आमा, ग्रामिण जनस्रोत व्यवस्थापन परियोजनामा कार्यरत डोटीकै केआइसिंह गाउँपालिका –४ चन्केसैन निवासी कृषि प्राविधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका हुन् । उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृतक मञ्जु त्रिपाठीका २ वर्षीय छोरा मुकुन्द त्रिपाठीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो । घाइते हुनेहरुमा ग्लोबल आइएमइ बैंकका सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यमिक विद्यालयका शिक्षक हेमन्त बिष्ट र जिप चालक कैलाश बम रहेका छन् । उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर २१, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?