कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपा सचिवालय बैठक बालुवाटारमा, ओली पनि उपस्थित

काठमाडौँ — पार्टीभित्र बढ्दो तनावकाबीच नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठक अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो।

नेकपा सचिवालय बैठक बालुवाटारमा, ओली पनि उपस्थित

ओली बुधबारको बैठकमा पनि अनुपस्थित थिए । त्यसपछि बुधबारको सचिवालय बैठकले यसबाहेक बैठकले पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले शनिबारको बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो । भोलि स्थायी कमिटीको बैठक बोलाइएको पूर्वसन्ध्यामा नेकपाका सबै घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ ।

ओलीले अनौपचारिक संवादमार्फत दुई अध्यक्षवीच सहमतिपछि मात्रै बैठक बस्ने अडान लिएका थिए । उनले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान पनि राखेका छन् । अर्कोतिर ओलीले संक्रमणकालीन कमिटीबाट बहुमत–अल्पमतका आधारमा निर्णय हुन नसक्ने आफ्नो मत पनि राखेका छन् । तर, दाहाल नेपालपक्ष भने सहमति नभए विधि अनुसार नै बहुमत–अल्पमतमा जानुपर्नेपक्षमा छ ।

ओली निकट नेताहरुले दुवैले राजनीतिक प्रस्ताव थाती राखेर साझा प्रस्ताव ल्याउने अवस्था बन्ने र २६ भदौमा सम्पन्न स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्ने नै संकट समाधानको विकल्प हुने बताएका छन् ।

बुधबारको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, मंसिर २० मा सचिवालय र मंसिर २१ मा स्थायी समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो । मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल गर्न प्रस्ताव गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?