१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अस्पतालबाट भागेका बलात्कारपछि हत्याका आरोपित पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — डोटी अस्पतालबाट फरार भएका बलात्कार  तथा हत्याका आरोपित फेला परेका छन् । मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा बिहीबार राति भागेका थिए । 

अस्पतालबाट भागेका बलात्कारपछि हत्याका आरोपित पक्राउ

उनलाई डोटीको पूर्वीचौकी गाउँपालिकाको फुलोट भन्ने ठाउँमा लुकेर बसेको अवस्थामा शुक्रबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी जनक पाण्डेले बताए ।

अस्पतालबाट भागेर उनी कसरी त्यहाँ पुगे भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको पनि पाण्डेले जानकारी दिए ।

यसअघि बोहरालाई पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएको थियो । प्रहरीका अनुसार उनी जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएका थिए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।

कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको भनी प्रहरीमा बयान दिएका छन् ।

प्रकाशित : मंसिर १९, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?