सल्यानमा बस दुर्घटना, २६ जना घाइते, ६ को अवस्था गम्भीर

विप्लव महर्जन

सल्यान — सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा बुधबार बस दुर्घटना भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । 

सल्यानमा बस दुर्घटना, २६ जना घाइते, ६ को अवस्था गम्भीर

नेपालगन्जबाट रुकम चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस बुधबार अपराह्न ४:३० बजे कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि नेपालगन्ज लगिएको र अन्यलाई मिसन अस्पताल चौरजहारीमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाले बताए । उनका अनुसार घाइतेहरुको पहिचान खुल्न बाँकी छ ।

बस सडकदेखि ३० मिटर तल खसेको प्रनाउ थापाले बताए । उनका अनुसार ईप्रका रागेचौर र प्रहरी चौकी नेटाबजारबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए ।

गाडी अनियन्त्रित भएर दुर्घटनामा भएको प्रारम्भिक अनुमान छ । गाडी चालक फरार छन् ।


प्रकाशित : मंसिर १७, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?