पौडेलको गिरफ्तारीको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । तनहुँको व्यास नगरपालिका एक पुलको उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो ।

पौडेलको गिरफ्तारीको विरोधमा नेविसंघको प्रदर्शन

कांग्रेसले उनको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगाना लगायतले सम्बोधन गरेका थिए ।

गिरफ्तारीको विरोधमा दमौली, बाग्लुड र पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना


प्रकाशित : मंसिर १७, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?