कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अपांगता अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न माग

काठमाडौँ — सरकारले अधिकारका सवालमा अपांगता भएका व्यक्तिलाई नीतिगत व्यवस्था गरिए अनुरुप कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाले माग राखेका छन् ।

२९ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बुधबार राष्ट्रिय अपांग महासंघले महासचिव राजु बस्नेतबाट हस्ताक्षर गरिएको विज्ञप्ती जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएको हो ।

राज्यले अपांगता भएका व्यक्तिको तथ्याङमा एकरुपता ल्याउन राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपांगता भएका व्यक्तिको वास्तविक गणना गर्नुपर्ने, अपांगता भत्तालाई ऐनमा स्पष्ट गर्नुपर्ने, रोजगरी, शिक्षा, स्वास्थ्य सुविधा, पुर्नस्थापनालाई मैत्रीपूर्ण बनाउनुपर्ने, निजामती सेवामा आरक्षण गरिएको ५ प्रतिशतलाई कायम गर्नुपर्ने, राज्यको न्याय प्रणाली अपांगता भएका व्यक्तिको लागि पहुँचयुक्त बनाउनुपर्ने लगायत माग राखेको छ । ‘समावेशी शिक्षा नीति –०७३’ लाई ०७६ मा खारेज गरी अपांगता भएका व्यक्तिको शैक्षिक पहुँचमा सरकारले हस्तक्षेप गरेको भन्दै पुनरावलोकन हुनुपर्ने भनिएको छ ।

कोभिड-१९ को महामारीकै सन्दर्भमा सरकारले लागू गरेको अनलाइन कक्षा अपांगतामैत्री नभएको, दैनिक ज्यालादारी गर्दै जीविका चलाइरहेका अपांगता व्यक्तिहरु ४० प्रतिशतले रोजगारी गुमाएको, राहत पाउनुपर्ने अवस्थाका ५४ प्रतिशतले नपाएको उल्लेख छ ।

अधिकारका सवाललाई विश्वव्यापी रूपमा उजागर गर्न र विश्व समुदायको ध्यान यसतर्फ खिच्न सन १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभरी हरेक वर्ष ३ डिसेम्बरका दिन अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइदै आइएको छ ।

सरकारले २९ औं दिवसको नारा ‘कोभिड १९ पश्चातको उत्कृष्ठ पुनरागमनको सुनिश्चितता: अपांगता भएका व्यक्तिहरूको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ तय गरेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?