कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ओली सरकारले अधिनायकवादी चरित्र देखायो : पौडेल

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभिष्टको प्रदर्शन गरेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा दुई वडा जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार तनहुँ प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको हो । 

ओली सरकारले अधिनायकवादी चरित्र देखायो : पौडेल

'जिल्लामा मेरो पहलमा भएको विकास निर्माणको काम सम्पन्न भएपछि नगरपालिका र उपभोक्ता समितिले निमन्त्रणा गरेकाले म आएको हुँ । तर, सरकारले स्थानीय सरकारको कार्यक्रमलाई सुरक्षा दिनुको साटो अवरोध गर्न खोज्यो,' पौडेलले कान्तिपुरसँगको संक्षिप्त टेलिफोन कुराकानीमा भने । उनले आफूलाई जनतामाझ पुग्न नदिन सरकारले निषेधाज्ञा लगाएको भन्दै यसले लोकतन्त्रको मर्ममा प्रहार भएको बताए ।

'यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको छ । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्तत: लोकतन्त्रलाई नै आघात पुर्‍याउँछ । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक छ,' उनले भने ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : मंसिर १७, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?