कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ओली नआएपछि नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक प्रभावित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठक स्थगनको पक्षमा थिए । 

ओली नआएपछि नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केही बेर अनौपचारिक रुपमा बैठकमा बसेका थिए ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकमा अध्यक्ष कमरेड केपी उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितिको अपेक्षासहित अनुरोध गर्ने निर्णय गरेका छौँ ।’

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको बैठक मंसिर २० मा र मंसिर १८ का लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ सम्मका लागि सरेको छ । उनले आगामी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने आफूहरुको अपेक्षा र विश्वास रहेको बताए । ‘पार्टी गम्भीर संवेदनशिल मोडमा छ ।

असामान्य परिस्थितिमा संवेदनशिल विषयमा छलफल गर्न ओली कमरेड आउनु भएन भने गर्ने के गर्ने भन्ने हामी सोच्न चाहन्नौं, त्यसैले उहाँ उपस्थिति हुनुहुन्छ भन्ने अपेक्षा मात्र होइन विश्वस्त छौं । उहाँले बैठकमा सहभागी भएर संकट निवारण गर्न सार्थक योगदान गर्नुहुनेछ भन्ने विश्वास गर्छौँ,’ प्रवक्ता श्रेष्ठले भने ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा उनले पेश गरेका प्रस्ताव छलफल गर्नु सान्दर्भिक नहुने भन्दै २० गतेसम्मका लागि बैठक सारिएको वरिष्ठ नेता झलनाथ खनालले बताए । अब तय भएको बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई पनि समय उपलब्ध गराउने गरी बैठक केही दिन पछाडि सारिएको वरिष्ठ नेता खनालले भने ।

प्रकाशित : मंसिर १७, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?