पोखरामा ‘वाइल्डलाइफ’ एम्बुलेन्स

पोखरा — घाइते र अलपत्र वन्यजन्तुको उद्धारका लागि पोखरामा ‘वाइल्डलाइफ’ एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । गण्डकी सरकारले बजेट व्यवस्थापन गरेर खरिद गरिएको डबल क्याब पिकप भ्यानलाई एम्बुलेन्स बनाइएको हो । 

पोखरामा ‘वाइल्डलाइफ’ एम्बुलेन्स

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार एम्बुलेन्समा वन्यजन्तुलाई सुरक्षित राख्न ट्रली पनि उपलब्ध छ । एम्बुलेन्स खरिदका लागि मन्त्रालयले ४१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

घाइते जंगली जनावरको उद्धार, उपचार र झुक्किएर वा भागेर बस्ती पसेकालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा छाड्न एम्बुलेन्स प्रयोग गरिनेछ । एम्बुलेन्समा खटिने प्राविधिक जनशक्तिको व्यवस्थापन भने भइसकेको छैन ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?