१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाँकेको बनियाँ गाउँमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, ५ जना घाइते

इकान्तिपुर डेस्क

काठमाडौँ — बाँकेको जानकी गाउँपालिका-५ बनियाँ गाउँमा सोमबार साँझ दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झपडमा परी पाँच जना घाइते भएका छन् ।

स्थानीय बाबुलाल यादव र रामनरेश गुप्ता समूहबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको बाँकेका एसपी ओम रानाले इकान्तिपुरलाई बताए । मृतक यादवको टाउकोमा चोट लागेको उनले बताए ।

झडपमा परी पञ्चराम यादव, मुन्ना खटिक, रामनारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएको एसपी रानाले बताए । उनीहरुको नर्सिङ अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाबुलाल यादव र रामनरेश यादवबीच पुरानाे रिसइबी रहेकाे प्रहरीले बताएकाे छ ।

हरेक वर्ष पूर्णिमाका दिन लाग्ने गुरुवा गाउँ मेलामा बाबुलाल यादवको समूहले नरेश गुप्तालाई कुटपिट गरेको थियो । यादव समूहबाट कुटपिट भएपछि गुप्ताले आफ्ना समूह ल्याएर पुनः विवाद गर्दा दुवै पक्षबीच झडप भएको एसपी रानाले जानकारी दिए ।

घटनास्थलमा डीएसपीको कमान्डमा ९१ जना नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरीको परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?