कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जन्ती बोकेको जिप दुर्घटना : मृतक संख्या ५ पुग्यो

हरि गौतम

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–७ मा शुक्रबार भएको जिप दुर्घटनामा थप एकको मृत्यु भएको छ । वडा नं ८ का ५८ वर्षीय लालबहादुर सार्कीको उपचारकै क्रममा मृत्यु भएको हो ।

जन्ती बोकेको जिप दुर्घटना : मृतक संख्या ५ पुग्यो

गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा जाजरकोटमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । यससँग उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

वडा नं १० को घारीखोलाबाट जन्ती लिएर फर्केको रा१ज ५८९ नम्बर जिप शुक्रबार बेलुकी साढे ८ बजे सडकबाट खसेको थियो । दुर्घटनामा आठबिसकोट–८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र कलिभान नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?