कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘अब प्रधानमन्त्रीले निकास दिनुपर्छ’

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामा थप प्रश्न खडा गरेको भन्दै अधिवक्ता, प्रहरीका पूर्वअधिकारीसहितका आठ जनाले उचित निकास दिन आग्रह गरेका छन् ।

‘अब प्रधानमन्त्रीले निकास दिनुपर्छ’

उनीहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै ‘नैतिकताका आधारमा समयमै उचित निकास दिन’ सुझाव दिएका हुन् ।

मुलुकको सुशासन कायम गर्न नेतृत्व गर्नुपर्ने प्रधानमन्त्री नै भ्रष्टाचारको प्रमुख रहेको भन्ने प्रतिवेदन सार्वजनिक भएकाले ‘विश्वासको संकट गहिरिएको’ उनीहरूको भनाइ छ । वरिष्ठ अधिवक्ताहरू श्रीहरि अर्याल, दिनेश त्रिपाठी, नारायणप्रसाद घिमिरे, पूर्वप्रहरी अधिकारी रमेश खरेल, अधिवक्ताहरू इन्दु तुलाधर, ओमप्रकाश अर्याल, इन्द्रप्रसाद अर्याल र एमनेस्टी नेपालका पूर्वसभापति राजन कुइँकेललगायतले अपिल जारी गरेका हुन् ।

जनतामाझ सरकारप्रति विश्वासको संकट गहिरिएको अवस्थामा उनीहरूले नागरिक समाजका नाममा सरकारका संवैधानिक मूल्य मान्यताविपरीतका क्रियाकलापलाई वैधता दिन नहुने धारणा राखेका छन् । राजनीतिक वैधता नै संकटमा परेको अवस्थामा संवैधानिक वैधताका आधारमा मात्रै सत्ता टिक्न नसक्ने भन्दै उनीहरूले संवैधानिक मूल्य मान्यता अनुसार निकासका लागि पहल गर्न आम समुदायलाई आग्रह गरेका छन् ।

यति समूह, औषधि खरिद, वाइडबडी विमान र प्रेस खरिदलगायतका घटनामा आरोपितको प्रतिरक्षा गरेको भन्दै उनीहरूले प्रधानमन्त्रीमाथिको निष्ठामाथि नै प्रश्न उठेको टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचार

भ्रष्टाचार बढेको बताउनेमा नेपालीहरू अगाडि : सर्वेक्षण

प्रकाशित : मंसिर १३, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?