२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

गौतमलाई विजयबाबु स्मृति पुरस्कार

काठमाडौँ — यस वर्षको विजयबाबु स्मृति पुरस्कार पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ ।

गौतमलाई विजयबाबु स्मृति पुरस्कार

पत्रकार विजयबाबु खत्रीको नवौं स्मृति दिवसका अवसरमा शुक्रबार नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठले दिवंगत पत्रकार गौतमलाई पुरस्कृत गर्ने निर्णय गरिएको घोषणा गरेकी हुन् ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल सदस्य संगीता खड्का र अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्यलगायतको तीन सदस्यीय समितिले पुरस्कारका लागि गौतमको नाम छनोट गरेको हो ।

२०७५ मंसिरमा स्थापना गरिएको अक्षयकोषबाट प्रदान गरिने पुरस्कार ३४ हजार रुपैयाँ राशिसहितको छ । मकवानपुरको छतिवनका ३१ वर्षीय गौतम कान्तिपुरमा कार्यरत थिए । उनको १० दिनअघि मंसिर ४ मा निधन भएको हो । उक्त पुरस्कार यसअघि वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई दिइएको थियो ।

प्रकाशित : मंसिर १३, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?