कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बलात्कार घटना मिलाएको आरोपमा २ जना पक्राउ

बैतडी — एक तोला सुन दिने तमसुक बनाएर किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा दुई जनालाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

बलात्कार घटना मिलाएको आरोपमा २ जना पक्राउ

सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीको बलात्कारपछि गर्भपतन गराएको घटना मिलापत्र गराएको आरोपमा सिगास–३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

उनका अनुसार पीडित पक्षले दिएको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । घटना मिलाउने अर्का आरोपित राजेन्द्र धामीको खोजी भइरहेको छ । बलात्कार आरोपित सोही ठाउँका दीपकसिंह धामी भने भारतमा रहेको बुझिएको डीएसपी अधिकारीले बताए ।

गत जेठ २३ गते बिहान ४ बजेतिर पानी भर्न कुवामा गएका बेला गाउँकै युवक दीपक धामीले बलात्कार गरेको किशोरीको आरोप छ । गत असार १४ गते कात्तिक मसान्तभित्र ती युवकले एक तोला सुन दिने सर्तमा गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । सुन नदिएर उल्टै किशोरी र उनको परिवारलाई धम्क्याउन थालेपछि पीडित किशोरी बिहीबार जिल्ला प्रहरीमा पुगेकी थिइन् ।

सम्बन्धित समाचार

बलात्कार लुकाउन एक तोला सुनको ‘तमसुक’

प्रकाशित : मंसिर १३, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?