न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौँ — न्याय परिषद् सदस्यमा सिफारिस रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले स्वीकृत भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य हुने भएका छन् ।

श्रेष्ठ यसअघि पनि न्याय परिषद्‌मा सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त बनेका थिए । तर पछि भने बारले उनको नाम सिफारिस गरेन ।

बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो ।

प्रकाशित : मंसिर १२, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?