कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गुल्मीमा जिप खस्दा पाँचको मृत्यु

घनश्याम गौतम

रूपन्देही — गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।

गुल्मीमा जिप खस्दा पाँचको मृत्यु

इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् ।

जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । प्रहरीका अनुसार इस्मा गाउँपालिका–४ कै १९ वर्षीय पर्शुराम थापा र २८ वर्षीया सरस्वती दर्लामी गम्भीर घाइते छन् ।

सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको सहचालक कमल हितानले बताएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?