कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृंगलाको भेटवार्ता

काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृंगलाको भेटवार्ता

श्रृंगलाको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

भारतीय विदेश सचिव श्रृंगलाले यसअघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेका थिए ।

सचिव श्रृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?