१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाल–भारत परराष्ट्र सचिव स्तरीय वार्ता सकियो

विदेश सचिवस्तरीय वार्ता उपलब्धिमूलक : भारत
जगदीश्वर पाण्डे

काठमाडौँ — दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै बिहीबार भएको नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता याक एन्ड यति होटलमा सकिएको छ ।

नेपाल–भारत परराष्ट्र सचिव स्तरीय वार्ता सकियो

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार परराष्ट्र सचिव स्तरीय वार्ता सकिएको हो । उनका अनुसार दुई पक्षीय विदेश सचिव स्तरीय वार्ताको बारेमा परराष्ट्र मन्त्रालयले केही बेरमा विज्ञप्ती जारी गर्ने छ ।

दुई पक्षीय विदेश सचिव स्तरीय वार्ता सकिएपछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सिंहदरबार पुगेका छन् । त्यहाँ उनले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट्ने कार्यक्रम रहेको छ । उनले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतले भन्यो: विदेश सचिवस्तरीय वार्ता उपलब्धिमूलक

भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ । दरबारमार्गस्थित याक एन्ड यति होटलमा दुई पक्षीय विदेश सचिव स्तरीय वार्तापछि भारतीय राजदूतावासको ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ बाट प्रतिक्रिया दिदै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले द्धीपक्षीय सहयोगको समीक्षा गरेको जनाएको छ । साथै, उनीहरु बीचमा आपसी हितका मुद्दाहरुमा छलफल गरेको जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?