नास्टका पूर्वउपकुलपति केदारलाल श्रेष्ठको निधन

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको मंगलबार निधन भएको छ ।

नास्टका पूर्वउपकुलपति केदारलाल श्रेष्ठको निधन

सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका श्रेष्ठको बुधबार ८२ वर्षको उमेरमा निधन भएको नास्टका प्रवक्ताका सुरेशकुमार ढुंगेलले बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र केन्द्रीय विभागमा उनी सन् १९७४ देखि १९७६ सम्म प्रमुख थिए । भौतिकशास्त्र विभागमा उनले लामो समयसम्म प्राध्यापन गरेका थिए ।

श्रेष्ठ १९७९ देखि १९८६ सम्म रिकास्टमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

श्रेष्ठको निधनले नेपालको भौतिकशास्त्रको क्षेत्रमा ठूलो क्षति भएको प्रवक्ता ढुंगेलले बताए ।

प्रकाशित : मंसिर ११, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?