२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चीन र भारतको उच्चस्तरीय भ्रमणमार्फत नेपालले दुवै मुलुकसँग मिलेर जाने सन्देश दिनेछ : परराष्ट्रमन्त्री

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनबाट यो साता हुने उच्चस्तरीय भ्रमणमा नेपालको सन्देश स्पष्ट भएको जानकारी दिएका छन् । संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिमा प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएका उनले दुवै मुलुकसँग मिलेर जानेबाहेक नेपालको अन्य सन्देश नहुने बताए ।

चीन र भारतको उच्चस्तरीय भ्रमणमार्फत नेपालले दुवै मुलुकसँग मिलेर जाने सन्देश दिनेछ : परराष्ट्रमन्त्री

बिहीबार संसदीय सुनुवाइ समितिमा चीन र भारतबाट यो सातामात्रै दुई उच्चस्तरीय भ्रमण हुन गइरहेको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले तीनवटै मुलुक मिलेर जानुपर्ने नेपालको सन्देश हुने बताए ।

'यसै साता चीन र भारतबाट दुई उच्चस्तरीय भ्रमण हुँदैछन्,' मन्त्री ज्ञवालीले भने, 'उहाँहरूलाई नेपालले मिलेर अघि बढ्न चाहन्छ भन्नेछ । मिलेर जाने बाहेक अन्य कुनै चासो छैन भन्ने नेपालले दुवै मुलुकलाई सन्देश दिनेछ ।'

सीमा विवाद जारी रहेकै बेला भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला बिहीबार मात्रै नेपाल भ्रमणमा आएका छन् । भ्रमणका क्रममा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ ।

त्यस्तै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । एकै समयमा दुई छिमेकी देशबाट हुँदै गरेको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?