कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बलात्कारी बाबुलाई ३७ वर्ष कैद

हेटौंडा — छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको छ  ।

बलात्कारी बाबुलाई ३७ वर्ष कैद

न्यायाधीश सीता शर्मा अधिकारीको मंगलबारको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको हो ।

नयाँ ऐनअनुसार जन्मकैद २५ वर्ष तोकिएको छ । श्रीमतीले आत्महत्या गरेपछि बाबुले छोरीलाई २०७३ देखि बलात्कार गर्दै आएका थिए । घटनाबारे छिमेकीहरूले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले गत चैत ३० मा उनलाई पक्राउ गरेको थियो ।

कास्कीमा छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका छन् । १३ वर्षीया छोरीले अधिकारकर्मीलाई फोन गरेर बताएपछि घटना बाहिर आएको हो । बालिकाकी आमाले बुधबार हाडनाता करणी तथा करणीसम्बन्धी कसुरबमोजिम कारबाहीको माग गर्दै जाहेरी दिएकी छन् ।

प्रकाशित : मंसिर ११, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?