२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

सुवास विडारी

मकवानपुर — गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाइएको डीएसपी रानाले बताए । दिक्छेन हेटौंडा–१२ स्थित माइतीमा बस्दै आएको जनाइएको छ ।

प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?