कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेतृत्वबाटै सीमा र मर्यादा नाघेर आरोप-प्रत्यारोप हुँदा नेकपाको भविष्य संटकग्रस्त : महासचिव पौडेल

घनश्याम गौतम

रूपन्देही — नेकपाका महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेलले नेकपामा नेतृत्वबाटै सीमा र मर्यादा नाघेर आरोप प्रत्यारोप हुँदा पार्टीको भविष्य संकटग्रस्त भएको बताएका छन् ।

नेतृत्वबाटै सीमा र मर्यादा नाघेर आरोप-प्रत्यारोप हुँदा नेकपाको भविष्य संटकग्रस्त : महासचिव पौडेल

नेतृत्व तहबाट मर्यादा नाघरे आरोप प्रत्यरोप हुँदा त्यसले नेकपाको भविष्य पनि संकटग्रस्त रहेको उनले बताए ।

प्रेस संगठन नेपालले बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पौडेलले पार्टीको संकटग्रस्त जीवन अन्त्य गर्न सबै प्रकारका प्रयास पनि जारी रहेको दाबी गरे ।

उनले अहिले नेकपामा देखिएको समस्या यसअघि कहिल्यै पनि नदेखिएको बताए । ‘एकता भएदेखि नै अप्ठ्यारा र जटिल मोड देखिएका थिए, तर समाधान भए,’ उनले भने, ‘तर अहिलेको परिदृश्यले पृथक समस्या सिर्जना भएको देखिन्छ । अहिले नेकपाको भविष्य साँच्चिकै कठिन मोडमा पुगेको छ ।’ उनले अन्तिम समयसम्म आफू पार्टी एकता जोगाउने प्रयासमा रहने प्रतिबद्धता व्यक्त गरे ।

अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले पार्टीभित्र मर्यादा बाहिरका अभिव्यक्तिलाई मर्यादाका दायराभित्र फर्काउने प्रयासमा आफूहरु लागि परेको बताए । कार्यकर्ताले विभाजन नचाहेको प्रष्ट पार्दै उनले नेतृत्वले त्यसमा पनि विवेक प्रयोग गर्ने उनको भनाइ थियो ।

पौडेलले एकता पश्चात कहिलेकाँही केही अन्तरविरोध आउने भएपनि अहिलेको अन्तरविरोधको कारण आफूले पहिल्याउने नसकेको दाबी गरे । पार्टीको आन्तरिक समस्या अहिले कुनै सैद्धान्तिक वा वैचारिक मतभेद बिनाको भएको बताए । उनले अन्तरविरोधको पृष्ठभूमिमा कुनै सैद्धान्तिक र वैचारिक मतभेद छ भने बाहिर ल्याउनु पर्ने बताए । कार्यदलले धेरै ठूलो मेहनत गरेर ल्याएको साझा प्रतिवेदन र भदौ २६ को निर्णयलाई आधार मानेर अघि बढ्नुको अर्को विकल्प नभएको उनले प्रष्ट पारे ।

प्रदेशको स्थायी राजधानीका विषयमा उनले अधिकार प्राप्त निकायबाट भइसकेको निर्णयको विषयमा अब बोल्नु र छलफल गर्नु पर्ने विषय नै नभएको बताए । निर्णयमा पुग्नु अघि फरक मत भएपनि अब एउटा प्रक्रियाबाट निर्णय भएकाले त्यतातिर फर्कनु जरुरी नरहेको उनको दाबी छ । उनले प्रदेश सभाले रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक, सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने गरी सरकार अघि बढेको र त्यसलाई संघीय सरकारले पनि सहयोग गर्ने बताए ।

प्रकाशित : मंसिर ९, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?