१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वैदेशिक रोजगार विभागद्वारा ३ म्यानपावर कम्पनीमा छापा

काठमाडौँ — कतारको प्रहरी सेवामा लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले मंगलबार काठमाडौंको होप इन्टरनेशनल म्यानपावरमा छापा मारेको छ ।

वैदेशिक रोजगार विभागद्वारा ३ म्यानपावर कम्पनीमा छापा

विभागले उक्त म्यानपावरको विभिन्न कागाजत समेत नियन्त्रणमा लिएको छ ।

कतारको प्रहरी सेवामा जाने कामदारको अन्तर्वार्ता गरिरहेको अवस्थामा विभागको टोलीले मंगलबार दिउँसो १ बजे होप म्यानपावरमा छापा मारेको हो । पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिएको पाइएपछि छापा हानिएको विभागका अनुसन्धान अधिकृत कुशल बरालले बताए ।

सोमबार एसओएस म्यानपावर सर्भिस र डीडी इन्टरनेशनल म्यानपावरमा पनि विभागले छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो ।

अन्तर्वार्ता लिनका लागि कतारको आन्तरिक मन्त्रालयको मानव संशाधन विभागका उच्च अधिकारीहरु समेत आएका थिए ।

विभागले ३ वटै म्यानपावर सञ्चालकहरुलाई २४ घन्टाभित्र विभागमा बयान दिनका लागि उपिस्थित हुन निर्देशन दिएको छ ।

प्रकाशित : मंसिर ९, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?