बैतडीमा जिप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते

तृप्ति शाही

बैतडी — बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका-५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका-५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका-२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका-४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए ।

मृतक कृष्ण लावड ५८ वर्षका छन् भने अन्य सबै ७० वर्षमाथिका रहेका प्रहरी डीएसपी अधिकारीले बताए ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको उनले बताए । ११ जना सवार जिपमा रहेका २ जना यात्रु भने सकुशल छन् । जिप चालक गोपाल कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी पठाइएको डीएसपी अधिकारीले बताए ।

प्रकाशित : मंसिर ९, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?