कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओली प्रवृतिलाई काँध थाप्‍ने गल्ती नगरौं : भट्टराई 

काठमाडौँ — पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने बताएका छन् ।

ओली प्रवृतिलाई काँध थाप्‍ने गल्ती नगरौं : भट्टराई 

सत्तारुढ नेकपाभित्र विवाद चर्किएको, प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

मुलुकको हालको मुख्य मुद्दा व्यक्तिका रूपमा प्रधानमन्त्री नभएर उनले लागू गरेको प्रवृति भएको नेता भट्टराईको भनाइ छ ।


सामाजिक सञ्जाल ट्विटरमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले लेखेका छन्, 'आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर, ओली प्रवृति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं ।'

पार्टीभित्रको विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग भेट्नुलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?