कांग्रेस तत्काल सत्ता साझेदार बन्दैन : नेता महत

मनोज पौडेल

कपिलवस्तु — कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार बनेर सरकारमा नजाने बताएका छन् । ‘कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न मत दिएका छन्,’ उनले भने, ‘त्यसको हामी सम्मान गर्छौं ।’

कांग्रेस तत्काल सत्ता साझेदार बन्दैन : नेता महत

कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट सामान्य रहेको भन्दै सत्ता साझेदारीका लागि भएको भन्ने कुरा गलत भएको बताए ।

‘अहिलेको सरकारले भ्रष्टाचारमा पुरै डुबेको छ,’ उनले भने, ‘त्यो हजार लाखमा हैन अर्बौंमा पुग्छ ।’ भ्रष्टचारलाई प्रश्रय दिएको सरकारले अहिले विदेशी हस्तक्षेप बढाएर राष्ट्रियताको खोक्रो नारा दिइरहेको पनि उनले बताए । मुलुक अहिले अस्थिरतातिर जान लागेको आरोप लगाउँदै उनले प्रम ओलीको राष्ट्रवादको नारा खोक्रो भएको बताए ।

नेकपाको दुई तिहाईको सरकारले जनतालाई अभाव, समस्या र पीडा मात्र दिएको भन्दै अब आउने निर्वाचन कांग्रेसले अवसरको रुपमा लिएर पूरै सदुपयोग गर्ने बताए ।

उनले आगामी फागुन महिनामा गर्ने भनिएको पार्टीको महाधिवेशन समेत कोभिड १९ का कारण अन्योलमा परेको बताए । उनले त्यसैले फागुनमा महाधिवेशन हुन समस्या हुने बताए ।

प्रकाशित : मंसिर ८, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?