३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुकेश चौरसिया हत्या प्रकरण : थप एक जना आरोपी पक्राउ

भूषण यादव

काठमाडौँ — नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको आरोपमा थप एक जना पक्राउ परेका छन्  ।

मुकेश चौरसिया हत्या प्रकरण : थप एक जना आरोपी पक्राउ

विन्दवासिनी गाउँपालिका– ३ इटियाही निवासी ३८ वर्षीय अखिलेश चौरसिया भनिने अशेसर प्रसाद चौरसिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त मानिएका अशेसरलाई प्रहरीले आइतबार वीरगन्ज महानगरपालिका– २५ अलौ सिर्सियाबाट पक्राउ गरेको प्रहरीद््वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत कात्तिक ६ मा नेकपाको विन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा पार्टीकै दुई पक्षबीच भएको झड्पमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगन्जको एक निजी अस्पतालमा मृत्यु भएको थियो । चौरसिया हत्याको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि कात्तिक १३ मा सरकारी वकिल कार्यालयमार्फत १२ जना माथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो ।

नेकपा नेता तथा तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनामाथि मुद्दा दर्ता गराएका मृतकका भाइ महेश चौरसयाले बताएका छन् । १२ जनामध्ये हालसम्म चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना झडपकै दिन पक्राउ परेका थिए । नेता गुप्तासहित ८ जना आरोपित अझै प्रहरी सम्पर्क बाहिर छन् ।

प्रकाशित : मंसिर ८, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?