चितवनमा बाहिर आएजस्तो ठूलो होहल्ला भएको होइन : नेकपा नेता पाण्डे

दीपक परियार

पोखरा — नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनमा बाहिर आएजस्तो ठूलो होहल्ला नभएको बताएका छन् । 

चितवनमा बाहिर आएजस्तो ठूलो होहल्ला भएको होइन : नेकपा नेता पाण्डे

आइतबार पोखरामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता कार्यकर्तासँगको भेटमा नेता पाण्डेले उक्त धारणा राखेका हुन् । ‘सामान्य नाराबाजी भएपछि एकछिन रोकिएर पुन: बैठक सुरु भएको रहेछ,’ पाण्डेलाई उद्धृत गर्दै ती नेताले भने, ‘त्यस विषयमा धेरै कुराकानी भएन ।’

लेकसाइडस्थित एक होटलमा बसेका पाण्डेलाई भेट्न नेकपाका केन्द्रीय सदस्य चुडामणि जंगली, श्रीनाथ बराल र स्थानीय नेता र कार्यकर्ता गएका युवा संघका एक नेताले बताए । ‘उहाँ व्यक्तिगत काममा आउनुभएको रहेछ,’ ती नेताले भने, ‘उहाँ आएको थाहा पाएर भेटघाटमा पुगेका हौं । समसामयिक विषयमा छलफल भयो ।’

कुनै औपचारिक भेला नभइ नेता कार्यकर्ताले व्यक्तिगत रुपम भेटघाट गरेको ती नेताले सुनाए । ‘पार्टी एकताबद्ध भएर जानुपर्छ । त्यसका लागि सबैले हठ त्याग्नुपर्छ भन्ने नै उहाँको भनाइ थियो,’ ती नेताले भने ।

पाण्डे पोखरामा केही व्यक्तिगत भेटघाटपछि सोमबार काठमाडौं फर्किनेछन् ।

ओली पक्षका एक विद्यार्थी नेताले भने पाण्डेले गुटको गोप्य भेला गरेको दाबी गरेका छन् । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको सचिवालयमा कार्यरत प्रकाश पौडेलले गुटका भेलामा सादा पोसाकका प्रहरी परिचालन भएको आरोप फेसबुकमार्फत लगाएका छन् । ‘पोखरेली कुल नै हुन्छन्, चितवनझैं नहोस्,’ उनले लेखेका छन्, ‘यो बीचमा यस्ता खालका गुटको भेला पूर्ण बन्द होउन् ।’

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरूले नाराबाजी गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?