२४ घण्टामा ५ हजार ६९९ कोरोनामुक्त, १६ जनाको मृत्यु

काठमाडौँ — थप ५ हजार ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरबाट थप ५ हजार ६९९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका हुन् ।

२४ घण्टामा ५ हजार ६९९ कोरोनामुक्त, १६ जनाको मृत्यु

नेपालमा यो सँगै निको हुनेको १ लाख ९९ हजार २४ संख्या पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आइतबार संक्रमित भने १ हजार ६६९ जना थपिएका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।

प्रकाशित : मंसिर ७, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?