१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कान्तिपुरकर्मी गोकर्ण गौतमको निधन

काठमाडौँ — कान्तिपुरकर्मी गोकर्ण गौतमको बिहीबार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।

कान्तिपुरकर्मी गोकर्ण गौतमको निधन

कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे । यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए ।

गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित : मंसिर ४, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?