१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पार्टी फुटाएर देश र जनतालाई धोका दिने कुकर्ममा कोही नलागौं : नेता रावल

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिने र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन् ।

पार्टी फुटाएर देश र जनतालाई धोका दिने कुकर्ममा कोही नलागौं : नेता रावल

नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले पार्टीभित्रको विवाद नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालनाबाट मात्रै हुने बताएका हुन् । नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

नेकपामा विवाद बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेकपाका अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने सामाजिक सञ्‍जालमा 'सर्वाधिक कठिन समय' भनेर लेखेका छन् ।

यसैबीच बुधबार दिउँसो एक बजेका लागि तय भएको सचिवालय बैठककै समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । मन्त्रिपरिषद् बैठक प्राय: सातामा सोमबार र बिहीबार बस्ने गरेको थियो।

बुधबार नै यही समयमा नेकपाको सचिवालय बैठक पनि बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिए । उनका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।

प्रकाशित : मंसिर ३, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?